अन्तर्राष्ट्रिय

फ्रान्समा कोरोना भाइरसबाट १० हजार भन्दा बढीको मृत्यु

Banner

एजेन्सी,चैत २६-

कोरोना भाइरसका कारण हुने कोभिड–१९ बाट फ्रान्समा मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । फ्रान्समा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भएका १० हजार ३२८ जनाको मृत्यु भएको हो ।

योसँगै फ्रान्स कोरोना भाइरसबाट १० हजार भन्दा बढीको ज्यान जाने चौथो देश भएको छ । कोरोना भाइरसका कारण इटालीमा सबैभन्दा धेरै १७ हजार १२७, स्पेनमा १४ हजार ४५ तथा अमेरिका १२ हजार ८५४ जनाको मृत्यु भएको छ ।

फ्रान्समा मार्च १ मा पहिलो व्यक्तिको कोरोना भाइरसका कारण मृत्यु भएको थियो । मंगलबार थप ६०७ जनाको मृत्यु भएसँगै १० हजारको आँकडा पार भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>