Breaking News
अन्तर्राष्ट्रिय उडान वैशाख १८ गतेसम्म प्रतिबन्ध लगाउने निर्णय
०

काठमाडौँ,चैत २५-
उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिले नेपालबाट जाने तथा नेपालतर्फ आउने अन्तर्राष्ट्रिय उडानहरु वैशाख १८ गतेसम्म प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
उपप्रधानमन्त्री पोखरेल नेतृत्वको बैठकले मंगलबार यो निर्णय गरेको हो। समितिको बैठकपछि अर्थमन्त्री डा. युवराज खतिवडाले यो जानकारी गराएका हुन्।
यसअघि सरकारले अन्तर्राष्ट्रिय उडानहरु आगामी वैशाख ३ गतेसम्मका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। सरकारले आगामी वैशाख ३ गतेसम्मका लागि लकडाउन लम्ब्याएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























