Breaking News

लकडाउनमा चम्काईँदै काठमाडौंका सडक, थानकोट-नौविसे सडक कालोपत्रे गर्ने तयारी

Banner

काठमाडौं, चैत २५-

लक डाउन भएपनि डिभिजन सडक कार्यालयले राजधानीका भर्खरै कालोपत्रे गरिएका सडकहरुमा धमाधम मार्किङ गरिरहेको छ। सेन्ट्रल लाइन तान्ने, जेब्रा क्रसिङ बनाउने, दाँयाबाँया पेन्टिङ लगायतका काम भइरहेको छ।

सडक विभागले लक डाउनकै समयमा थानकोट- नौविसे सडक कालोपत्रे गर्ने भएको छ। थानकोटबाट करिव तीन किलोमिटर तलबाट नौविसे छेउसम्मको सडक ‘ओभर ले’ गर्ने भएको हो ।

लक डाउनको समयमा सवारीसाधनको चाप कम हुने भन्दै डिभिजन सडक कार्यालय भरतपुरले निर्माण कम्पनीलाई काम सुरु गर्न सकिने/नसकिने बारेमा सोधेको थियो । कम्पनीले काम गर्न सकिने जवाफ पाएपछि कालोपत्रे सुरु गर्न लागिएको कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>