Breaking News

चीनबाट ल्याएको र्‍यापिड टेस्टिङ किटद्वारा २ सय जनाको स्याम्पल जाँचिदै

Banner

काठमाडौं, चैत २४-

चीनबाट सात करोड बढी रुपैयाँ खर्चेर सरकारले ल्याएको र्‍यापिड टेस्टिङ किट ठिक छ या छैन भनेर जाँच गर्ने भएको छ । यो किटले १५ मिनेटमै कोरोना भाइस (कोभिड-१९) को नतिजा दिन सक्छ ।

केही विज्ञहरूले यसले दिने नतिजाको विश्वसनीयतामाथि प्रश्न उठाएपछि सरकारले पहिले यो ठिक छ कि छैन भनेर जाँच गर्न लागेको हो ।सुरूमा २ सय जनाको स्याम्पलको क्रस चेक गरिने स्रोतले जनाएको छ ।

सुरूमा यसको भ्यालिडेसन गर्ने जिम्मा राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्लाई दिइएकोमा आइतबार फेरि त्यो जिम्मा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई दिइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>