प्रवास

साउदीमा ४ जना नेपाली कोरोना संक्रमित

Banner

काठमाडौं,चैत २४-

साउदी अरबमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने नेपालीको संख्या ४ पुगेको छ । शनिबार दुई जना नेपालीमा कोरोनाको संक्रमण देखिएको अनौपचारिक जानकारी पाएपछि साउदीस्थित नेपाली दूताबासले सम्बन्धित निकायसँग विवरण मागेको थियो ।

आज साउदीको स्वास्थ्य मन्त्रालयबाट ४ जना नेपालीमा कोरोना पुष्टि भएको जानकारी आएको साउदी अरबका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले जानकारी दिएका छन् । संक्रमित मध्ये एक जना दम्माम र अर्को एक जना जेद्दाबाट रहेको तथा बाँकी २ जना भने कुन क्षेत्रका हुन् पुष्टि हुनसकेको छैन ।

साउदी अरबमा नयाँ संक्रमितको संख्या २०६ रहेको छ । संक्रमितको संख्या २३८५ पुगेको छ भने मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>