चितवन विशेष

चितवन राष्ट्रिय निकुञ्जमा कडाई, निषेधित गतिविधि गर्ने ९० जना पक्राउ

Banner

चितवन, चैत २३–

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा थप कडाइ गरिएको छ । सरकारले कोरोना भाइरस (कोभिड–१९)संग लड्न घोषणा गरेको लकडाउनको फाइदा उठाउँदै निकुञ्जमा निषेधित गतिविधि हुन थालेपछि निकुञ्जले थप कडाइ गरेको हो ।

यसैक्रममा निकुञ्ुजले निषेधित गतिविधि गर्ने ९० जनालाई पक्राउ गरेको छ । निकुञ्ज सुरक्षार्थ खटिएको बटुकदल गणले निकुञ्ज र त्यसवरपर निषेधित कार्य गर्नेहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा राप्ती नगरपालिका ६ बस्ने ५४ वर्षीय आइतराम राई (चतुरे) लगायत छन् । राई गैंडाको खाग तस्करी कसूरमा १० वर्ष कैद सजाय भुक्तान गरेका व्यक्ति हुन् । पक्राउ परेका सबैलाई निकुञ्ज प्रशासनमा बुझाइएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रूपाखेतीले राज्यको ध्यान एकातिर मोडिएको बेला अपराधीहरूको ध्यान अपराधमा केन्द्रित देखिएको बताए । उनले निषेधित गतिविधि बढेपछि सतर्कता अपनाइएको बताए ।

यस्तै नेपाली सेनाले पनि एरिया डोमिनेशन तथा शंकास्पद स्थानमा चेकिङ्ग गर्दै स्विप, सर्च, स्पेशल एण्टिपोचिङ्गलगायतका अपरेसनमा तीव्रता दिएको जनाएको छ । निकुञ्ज सुरक्षाको लागि ड्रोनको समेत अधिकतम प्रयोग गरेर निरन्तर निगरानी गरेको सेनाको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>