Breaking News

पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँले घट्यो

Banner

काठमाडौं, चैत १९–

नेपाल आयल निगम लिमिटेडले धेरै समयपछि एकै पटक धेरै तेलको मूल्य घटाएको छ । कोरोनाबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाएको निगमले जनाएको छ ।

निगम संचालक समितिको आज (बुधबार) बसेको बैठकले राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजल÷मटितेलको साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ ।

पेट्रोलको खुद्रा विक्री मूल्य ९६ रुपैयाँ कायम भएको छ भने र डिजेल र मटितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ प्रतिलिटरमा झरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>