प्रवास

यूएईमा ६ जना नेपालीमा कोरोना सङ्क्रमण

Banner

यूएई,चैत १८-

संयुक्त अरब इमिरेट्स (यूएई) मा अहिलेसम्म ६ जना नेपालीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको पुष्टि भएको छ। तीमध्ये दुई जना नेपाली निको भएका छन् । यूएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयलाई उद्धृत गर्दै आबुधाबीमा रहेको नेपाली दूतावासले ६ जना नेपालीमा कोरोनाको सङ्क्रमण भएको पुष्टि गरेको हो ।

मन्त्रालयका अनुसार यूएईमा फागुन २६ (मार्च ९) मा पहिलो दुई जना नेपाली सहित १४ जना सङ्क्रमित फेला परेका थिए । त्यस्तै चैत १४ (मार्च २७) मा थप दुई जना नेपाली सहित ७२ जना र चैत १५ (मार्च २८) मा दुई जना नेपाली सहित ६३ जना सङ्क्रमित फेला परेको नेपाली दूतावासले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>