कर्पोरेट

पर्यटन क्षेत्रका श्रमिकलाई चैत महिनाको पुरै तलब दिनुपर्ने

Banner

काठमाडौं, चैत १६–

सरकारले पर्यटन क्षेत्रमा कार्यरत श्रमिकहरुलाई चैत महिनाको पुरै तलब दिनुपर्ने निर्णय गरेको छ ।

पूर्ण रुपमा बन्द भएका पर्यटन क्षेत्रसँग सम्बन्धित प्रतिष्ठानहरुले दैनिक वा मासिक ज्यालादारीमा काम गर्ने श्रमिकलाई चैत महिनाको पुरै तलब दिनुपर्ने निर्णय गरेको हो ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले पर्यटन क्षेत्रमा काम गरेका सबैलाई चैतको पूरै तलब दिनुपर्ने निर्णय गरेको हो । व्यवसाय सञ्चालन नभएसम्मका लागि श्रमिकलाई ज्याला भुक्तानी गर्न प्रतिष्ठानस्तरको कल्याणकारी कोष उपयोग गर्न सक्ने सरकारको निर्णय गरेको छ । सम्बन्धित कम्पनीले सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने रकम भने सरकारले व्यहोर्ने सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले बताए ।

कोरोना भाइरस (कोभिड–१९) बाट सबैभन्दा बढी पर्यटन क्षेत्र प्रभावित छ । धेरैजसो होटल, ट्राभल एजेन्सी लगायतका पर्यटन क्षेत्रले कर्मचारीलाई बेतलबी विदा दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>