समाज

कोरोना धपाउन गोरखामा कुखुरा काटेर प्राकृतिक पूजा

Banner

गोरखा,चैत १५-

कोरोनाको सम्भावित जोखिमबाट बच्न गोरखाको एक दुर्गम गाउँका बासिन्दाले गाउँमा कुखुरा पूजा गरेर कुखुरा चढाएका छन् । धार्चे गाउँपालिका ३ उहियागाउँका बासिन्दाले गाउँ प्रवेश गर्ने चारैदिशामा शनिबार दिनभर लगाएर पूजा गरेको वडा अध्यक्ष इन्द्रप्रसाद गुरुङले जानकारी दिए ।

‘उहिया गाउँमा आउने सबै बाटोमा कुखुरा काटेर पूजा गरिएको छ’, गुरुङले भने, ‘तातोपानीबाट आउने बाटो, खोर्लाबाट आउने बाटो, दोभानबाट आउने बाटो र जगत, दुङ्ला हुदै आउने बाटोमा पूजा गरियो ।’ धामीझाँक्रीले भाले काटेर, धुप बालेर करिब चार घण्टासम्म प्रकृति पूजा गरेको उनले बताए ।

पूजामा गाउँका प्रत्येक घरधुरीबाट अक्षता, भेटी र पूजा खर्च उठाइएको थियो । प्राकृतिक देवता खुशी भएभने गाउँमा अनिष्ट नभित्रिने जनविश्वास छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>