स्वास्थ्य

कोरोना संक्रमित धनगढीका युवाको सम्पर्कमा आएका ९ जना क्वारेन्टाइनमा

Banner

धनगढी, चैत १५–

शुक्रबार सरकारले धनगढीका ३४ वर्षीय युवालाई कोरोना संक्रमण देखिएको पुष्टि गरेको थियो । नेपालमा कोरोना भाइरस संक्रमित चौथो व्यक्तिको सम्पर्कमा आएका ९ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

धनगढी उपमहानगरपालिका–५ तारानगर घर भएका ती युवकको परिवारका सदस्यलाई क्वारेन्टाइनमा राखिएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ ।

परिवारका ८ जना सदस्य र उनलाई अस्पताल पु¥याउने अर्का १ जना गरी ९ जनालाई शनिबार बिहान एम्बुलेन्समार्फत सेती प्रादेशिक अस्पताल ल्याइएको थियो । अस्पतालमा उनीहरुको स्वास्थ्य परीक्षण गरी क्वारेन्टाइनमा राखिएको हो ।

कोरोना संक्रमण देखिएका युवकलाई पनि अहिले सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

गत चैत ७ गते फ्लाइ इमिरेट्सको विमानबाट भारतको दिल्ली र दिल्लीबाट बिस्तारा एयरलाइन्सको जहाजमार्फत काठमाडौं आइपुगेका ती युवक ८ गते बुद्ध एयरको जहाजमार्फत नेपालगञ्ज उत्रेर माईक्रो चढी धनगढीस्थित घर आइपुगेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>