समाचार

सीमा नाका बन्द गरिए पनि भित्रिए एक हजार आठ सय ४२ यात्रु

Banner

कञ्चनपुर, १५ चैत

लकडाउन अन्तर्गत पश्चिमी सीमा नाका गड्डाचौकी बन्द गरिएपछि एक हजार आठ सय ४२ यात्रु भित्रिएका छन् । सीमा नाका बन्द गरिए पनि भारतमा काम गर्ने नेपाली भित्रिने क्रम भने रोकिएको छैन ।

भारतमा होटेल, निर्माण सम्बन्धी कार्यलगायत बन्द भएपछि नेपालीहरु फर्कन थालेका हुन् । चैत १० गतेदेखि सीमा नाका बन्द गरिएको हो । कोरोना भाइरस जाँचका लागि पश्चिमी सीमा नाका गड्डाचौकीमा स्थापना गरिएको हेल्थ डेस्कका अनुसार गड्डाचौकी सीमा नाकामा सुरक्षाकर्मीको कडाइपछि भारतबाट आउनेहरु अन्य सीमा क्षेत्र भएर अवैध रुपमा छिर्ने क्रम बढेको छ ।

अवैध रुपमा सीमा नाका प्रवेश गर्नेहरुलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिई हेल्थ डेस्कमा पु¥याएर स्वास्थ्य जाँच गराउँदै आएका छन् ।

भारतीय बजार खटिमासँग जोडिएको महाकाली नगरपालिकाबाट नेपाल भित्रिने क्रम बढ्न थालेपछि नाकामा नेपाली सेनाले निगरानी बढाएको छ । सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीले नाकामा कडा निगरानी गरिरहेको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायको जिकिर छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>