Breaking News

कोरोनाको संक्रमणबाट ज्यान गुमाउने २७ हजार नाघे

Banner

एजेन्सी,चैत १५-

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २७ हजार नाघेको छ। शनिबार दिउँसोसम्म कोरोना भाइरसबाट २७ हजार ४ सय ४१ जनाको मृत्यु भएको छ भने ६ लाखभन्दा बढी संक्रमित भएका छन्।

चीनको हुवेई प्रान्तको वुहानबाट सुरु भएको कोरोना भाइरसको प्रकोप यतिबेला संसारभर फैलिएको छ। हालसम्म संयु्क्त राज्य अमेरिका कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेको छ। अमेरिकामा हालसम्म १ लाख ४ हजार २ सय ५६ जनामा कोरोनो संक्रमण पुष्टि भएको छ भने १७ सय ४ जनाको मृत्यु भएको छ।

संंक्रमणको हिसाबले अमेरिका सबैभन्दा प्रभावित भएको भएपनि इटाली, स्पेन, चीन, फ्रान्स र इरानमा मृतकको संख्या अमेरिकामा भन्दा धेरै देखिएको छ।

मृतकको संख्या हेर्दा इटाली सबैभन्दा बढी प्रभावित मुलुक हो। जहाँ हालसम्म ९ हजार १ सय ३४ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ भने ८६ हजार ४ सय ९८ जना संक्रमित भएको पुष्टी भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>