अर्थ

वागमती प्रदेश कोरोना रोकथाम कोषमा सिद्धार्थ बैंकको १० लाख

Banner

हेटौंडा, चैत १५–

वागमती प्रदेश कोरोना भाईरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सिद्धार्थ बैंकले १० लाख रकम सहयोग गरेको छ ।
बैंकका हेटौंडा शाखा प्रमुख अर्पण सन्जेलले वगमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई सहयोग रकमको चेक शनिबार हस्तान्तरण गरे।

विश्वव्यापी रुपमा फैलिएको भाईरस नियन्त्रणमा सरकारसङ्ग हातेमालो गर्न कोषमा रकम जम्मा गरिएको बैंकले जनाएको छ ।महामारीका रुपमा फैलिएको कोरोना भाईरस सङ्क्रमण नियन्त्रणका लागि सरकार आफ्नो तवरले लागिरहेको भन्दै बैंकले गरेको सहयोग प्रति धन्यवाद व्इक्त गरे। सरकारले मात्र चाहेर नहुने भन्दै उनले विभिन्न संघ सस्था, व्यक्तिलगायत सबैले सहयोग गर्न जरुरी रहेको बताए। बैङ्किङ क्षेत्र अत्यावश्यक सेवा क्षेत्र रहेकोले आवश्यक्ता अनुसार सुरक्षा अपनाएर सेवा प्रवाह निरन्तर गर्न पनि मुख्यमन्त्री पौडेलले अनुरोध गरे ।

सातवटा प्रदेशमा १०/१० लाखका दरले कोषमा रकम जम्मा गर्ने निर्णयअनुसार वागमती प्रदेशमा पनि रकम हस्तान्तरण गरिएको शाखा प्रमुख सन्जेलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>