Breaking News
कोरोना भाइरसले इटालीमा ५१ जना डाक्टरको निधन
०

एजेन्सी,चैत १५-
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित भएको देशमा पर्छ इटाली । संक्रमितको संख्या अमेरिकामा भन्दा कम भए पनि इटालीमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या विश्वमै सबैभन्दा धेरै छ ।
अहिलेसम्म इटालीमा नोवेल कोरोना भाइरसको संक्रमणका कारण हुने कोभिड–१९ बाट ९ हजार १३४ जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा कोरोना भाइरस संक्रमितको जीवन रक्षाका लागि खटिएका चिकित्सकहरु पनि छन् ।
महामारी फैलिएयता इटालीमा कोरोना भाइरसका कारण कम्तिमा ५१ जना चिकित्सकको मृत्यु भएको इटालियन एसोसियसन अफ डक्टर्सले जनाएको छ । एसोसियसनले कोरोना भाइरस विरुद्धको ‘युद्ध’ मा ‘फ्रन्टलाइन’ मा खटिएका ५१ जना डाक्टरको निधन भइसकेको जानकारी दिएको हो । एजेन्सी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























