Breaking News

कोरोनाको तीब्र संक्रमणदर,२४ घण्टामा झण्डै २८ सयको मृत्यु

Banner

एजेन्सी,चैत १४-

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या २४ हजार ७० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर २ हजार ७ सय ८८ जनाले कोरोनो भाइरसका कारण ज्यान गुमाएका छन् ।

पाँच लाख ३१ हजार ६ सय ९८ जनालाई कोरोना भाइरसको संक्रमण भएकोले एक लाख २३ हजार ९ सय २८ जना उपचारपछि निको भएका छन् । अहिले तीन लाख ८३ हजार सात सय जनाको उपचार भइरहेकोमा त्यमध्येका १९ हजार ३ सय ५७ जनाको अवस्था गम्भीर रहेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ६० हजार ६ सय ६३ जना नयाँ संक्रमित फेला परेका छन् । चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसका सबैभन्दा धेरै संक्रमित अमेरिकामा फेला परेका छन् । अमेरिकामा ८५ हजार २ सय ८० जनामा संक्रमण देखिएकोमा १२ सय ९३ जनाको मृत्यु भएको छ । त्यहाँ बितेको २४ घण्टामा मात्रै २ सय ६६ जनाको मृत्यु भएको छ । यस्तै चीनमा ८१ हजार ३ सय ४०संक्रमित रहेकोमा ३ हजार २ सय ९० जनाको मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>