प्रवास

कोरोनाबाट बेलायतमा अर्का एक नेपालीको मृत्यु

Banner

बेलायत, चैत १३–

कोरोना भाइरस (कोभिड–१९)को सक्रमणबाट बेलायतमा अर्का एक नेपालीको मृत्यु भएको छ । गत सोमबार लन्डनमा निधन भएका ४० वर्षीय एक पुरुषलाई कोरोना पोजिटिभ देखिएको हो । लन्डनको क्वीन एलिजावेथ अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो ।

बुधबार अस्पतालले मृतकका परिवारलाई टेलिफोनमार्फत उनमा संक्रमण पाइएको पुष्टि गरेको आफन्तले जानकारी दिएका छन् । मृतक उक्त व्यक्तिमा उच्च रक्तचापबाहेक कुनै गम्भीर स्वास्थ्य समस्या थिएन । उनी लामो समयदेखि लन्डन बस्दै आएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>