Breaking News
कोरोना लागेका व्यक्ति दुबईबाट आएर होटेलमा बसेका थिएः स्वास्थ्य मन्त्री ढकाल

काठमाडौं, चैत १२–
आज कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएका व्यक्ति दुबईबाट आएको खुलेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आज पत्रकार सम्मेलन गर्दै कोरोना लागेका व्यक्ति बारे जानकारी दिएका हुन् ।
धादिङ घरभएका ३२ वर्षीय पुरुष धादिङ घर भएको बताइएको छ । उनी काठमाडौं ओर्लिएपछि काठमाडौंकै एक होटलमा बास बसेका थिए । त्यसअघि आफूलाई असहज महसुस भएपछि मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका थिए । उनमा मंगलबार नै कोरोना परीक्षण गरिएको थियो । उनको राती पोजेटिभ रिपोर्ट आएको थियो भने पुनः दोस्रो पटक आज विहानै परीक्षण गरिएको थियो । सो क्रममा पनि कोरोना पोजेटिभ देखिएपछि खबर बाहिर सार्वजनिक गरिएको थियो ।
यससंगै नेपालमा कोरोना संक्रमण भएको व्यक्तिको संख्या तीन पुगेको छ । त्यसमध्ये एक जना पूर्णरुपमा ठिक भएका छन् भने दुई जना उपचारका क्रममा छन् । ्
























