Breaking News

‘लकडाउन’को दोस्रो दिन : झन् कडा, थुन्नेदेखि जरिवाना गर्नेसम्मको चेतावनी

०
Banner

काठमाडौं, चैत १२–

काठमाडौं उपत्यकामा नै एक युवतीमा कोरोना भाइरसको संक्रमण देखिएपछि मंगलबारदेखि नेपालभर ‘लकडाउन’ गरेको सरकारले पहिलो दिनको जस्तो सम्झाइ बुझाई गरेर नछाड्ने चेतावनी दिएको छ ।

सरकारले चैत ११ गतेदेखि सुरु गरेको लकडाउनको पहिलो दिन सवारीसाधन आवागमनमा रोक लगाइएपनि मानिसहरुको आवतजावतमा भनेर काठमाडौँ प्रहरीले कुनै रोक लगाएन ।

पहिलो दिन कतिपय मानिसहरुमा सूचना नपुगेको र कतिपय व्यवहारिक कारणले समेत सम्झाइ बुझाई गरेर छाडिएकोमा आजदेखि त्यस्तो नगरिने गृह मन्त्रालयले चेतावनी दिएको छ ।

मंगलबार सामान्य सम्झाएर पठाउने गरेको प्रहरीले पनि बुधबारदेखि कडा रुपमा प्रस्तुत हुने सङ्केत काठमाडौँका प्रमुख जिल्ला अधिकारीले दिएका छन् ।

यसअघि हिजो पनि विभिन्न जिल्लाका प्रशासकहरुले सवारीसाधन नियन्त्रण गर्नेदेखि एक हजार रुपैयाँसम्म जरिवानासम्म लिएर छाडिएको थियो । । मंगलबार ‘लकडाउन’ उल्लंघन गरेपछि विभिन्न जिल्लाबाट पक्राउ परेका ४५३ जनालाई सम्झाइ बुझाई गरि छाडिएको थियो ।

‘लकडाउन’को दोस्रो दिन भने सरकारले कडिकडाउ गरिसकेको संकेत दिइसकेको छ । काठमाडौं उपत्यकामा नै एकाविहानै ‘लकडाउन’ उल्लंघन गर्ने ३ सय सवारीसाधन र मानिसहरु नियन्त्रणमा लिइएको छ ।

‘लकडाउन’ कार्यन्वयनमा ल्याइएका मूलत दुई वटा कानून संक्रामक रोग नियन्त्रण ऐन र स्थानीय प्रशासन ऐन अनुसार अपराधको गाम्भिर्यता अनुसार जरीवानादेखि ६ महिनासम्मको जेल हुन सक्ने प्रावधान छ ।

देश पूरै ‘लकडाउन’मा गएको भएपनि अत्यावश्यक वस्तुहरुको ढुवानी तथा वितरणमा समस्या सृजना नहुने गरी प्रबन्ध मिलाउन सबै जिल्ला प्रशासन कार्यालयहरुलाई गृह मन्त्रालयले परिपत्र गरेको छ ।

सोही परिपत्रअनुसार जिल्ला प्रशासन कार्यालयहरुले खाद्यान्न, तरकारी, दुध, पानी, ग्याँस, औषधि लगायत अत्यावश्यक सेवा वा वस्तुको प्रवाहमा कुनै कमी नहुने गरी त्यस्ता पसलहरु सञ्चालन गर्न आह्वान गरेका छन् । तर त्यस्ता पसलहरु निश्चित अवधिका लागि मात्र खोल्न आह्वान गरिएको छ ।

‘लकडाउन’ का बेला स्वास्थ्य सेवाका डाक्टर, नर्स, पारामेडिक्स, सञ्चारमाध्यम लगायतका कर्मचारी, फोहोरमैला व्यवस्थापन लगायत विशेष सेवाका कर्मचारीहरु आदिलाई भने आवतजावतमा रोक लगाइएको छैन ।

मंगलबार अर्थात् पहिलो दिनको लकडाउनमा केही मानिसहरु सडकमा निस्किएर सेल्फी खिच्ने, क्रिकेट वा फुटबल खेल्ने र रमिता हेर्ने गरेको देखिएको भन्दै प्रहरीले यो सेल्फी खिच्ने समय नभएको बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>