प्रवास

अष्ट्रेलियामा नेपाली विद्यार्थीबीच ‘ग्याङफाइट हुँदा एकको मृत्यु

Banner

सिड्नी,चैत ११-

सिड्नीमा नेपाली युवाबीच ग्याङफाइट हुँदा घाइते भएका एक नेपाली विद्यार्थीको मृत्यु भएको छ। ललितपुरका एक युवकको कोग्राह हस्पिटलमा उपचारको क्रममा निधन भएको उनका नजिकका नातेदारले पुष्टि गरेका छन्। दुई दिनअघि सिड्नीको हर्षभिलको पबमा दुई विद्यार्थीहरूको समूहबीच भेट भएर भनाभन भएपछि सो झगडा सुरू भएको थियो। पबमा दुई पक्षबीच भेट भएपछि केही विवाद भएको र पबको सुरक्षाकर्मीले पाँच जनाको एक समूहलाई पबबाट बाहिर निकालेको थियो। पछि सोही समूहले बाहिर कुरेर बसेको थियो। त्यसपछि पनि विवाद हुँदा ललितपुर इमाडोल घर भएका ती युवक गम्भीर घाइते भएका थिए।

पबभित्रको सानो झगडालाई लिएर बाहिर बसेको समूहले आक्रामक व्यवहार देखाउँदा अमित लगायतको टोली भागेको र लखेटने क्रममा ती युवकको टाउकोमा गम्भीर चोट लाग्न पुगेको थियो। उनलाई प्रहरीले गम्भीर अवस्थामा सडकबाट फेला पारेपछि सेन्ट जोर्ज हस्पिटल पुर्‍याएको थियो। पवबाट निकालिएका समूहको एक व्यक्ति पनि अस्पतालामा उपचाररत छन्। प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान भइरहेकाले अहिलेनै केही भन्ने अवस्था नरहेको जनाएको छ। झैझगडामा सामेल सबै उच्च अध्ययन गर्न अस्ट्रेलिया आएका विद्यार्थी हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>