Breaking News

डब्लूएचओ भन्छ – हिँडडुलमा प्रतिबन्धले मात्रै कोरोना भाइरसको संक्रमण रोकिदैन

Banner

काठमाडौं,  चैत११ –

कोरोना भाइरसको संक्रमण फैलने क्रम तीब्र भएकाले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले हिँडडुलमा लगाइएको प्रतिबन्धले मात्र नियन्त्रण सम्भव नरहेको चेतावनी दिएको छ ।

विभिन्न मुलुकहरुले ‘लकडाउन’ गरिरहँदा पनि कोरोना भाइरसको संक्रमण फैलने क्रम तीब्र भइरहेका बेला डब्ल्यूएचओका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले हिँडडुलमा गरिएको प्रतिबन्ध मात्र यसको रोकथामका लागि पर्याप्त नभएको बताएका हुन् ।

विश्वमा तीन लाखभन्दा धेरैमा सङ्क्रमण पाइएको भन्दै गेहब्रेयससले अझैपनि प्रकोपको गतिलाई परिवर्तन गर्न सकिने बताएका छन्।

उनका अनुसार पहिलो केस भेटिएको ६७ दिनपछि एक लाखमा सङ्क्रमण पाइएकोमा अर्को ११ दिनमा दुई लाख मानिसमा यसको संक्रमण देखिएको थियो ।

त्यसको चार दिनमै तीन लाख मानिसमा यसको संक्रमण पुग्नुले संक्रमण फैलने दर उच्च रहेको डब्लूएचओले प्रष्ट्याएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>