Breaking News

नेपाल प्रवेशमा रोक लगाएपछि सिमानाकामा झडप, केही प्रहरी घाइते

Banner

धनगढी,चैत ११ –

नेपाल भारत सीमा नाका गौरीफण्टामा भारतबाट नेपाल फर्किरहेका नेपालीहरुलाई प्ररीले रोक्न खाजेपछि स्थिति तनावग्रस्त बनेको छ ।ठूलो संख्यामा भारतबाट आएका नेपालीहरुले नेपाल प्रवेश गर्न खोजेका थिए । तर उनीहरुलाई प्रहरीले सीमामै रोक्न खोजेपछि झडप भएको हो । झडपमा परी केही प्रहरी सामान्य घाइते भएका छन् ।

सरकारले मुलुकभर मांगलबार बिहान देखि ‘लकडाउन’ गरेको छ । यसैबेला भारतका विभिन्न शहरहरुवाट नेपाल आउँदै गरेका नेपालीहरु सीमा नाकामा बिचल्लीमा परेका छन् । कैलालीको भारतसँग सीमा जोडिएको गौरीफण्टा नाका र कञ्चनपुरको गड्डाचौकी नाकाबाट नेपाल भित्रिरहेका सयौँ नेपाली बिचबाटोमै अलपत्र भएपछि बिचल्लीमा परेका हुन् ।

नेपालमा लकडाउन गरिएपछि उनीहरुलाई नेपाल प्रवेश गर्न दिइएको छैन । विश्वव्यापी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइसरको संक्रमण भारतमा पनि बढ्दै गएपछि अहिले सुदूरपश्चिम प्रदेशसहित विभिन्न ठाउँका नागरिकहरु आ आफ्नो गाउँघर तिर फर्किरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>