चितवन विशेष

चितवनमा लुकाइराखेको मास्क र अवैध औषधीसहित एक जना पक्राउ

Banner

चितवन,चैत १०-

चितवनको भरतपुरबाट लुकाएर राखिएको अवस्था मास्क र अवैध औषधीसहित एक जना पक्राउ परेका छन् । आइतवार साँझ भरतपुरका दुई औषधी पसलमा गरिएको अनुगमनका क्रममा झण्डैं ५ हजार थान मास्क, अवैध औषधीसहित एक जना पक्राउ परेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ ।

भरतपुर चौविसकोठीमा रहेको मिराकल फर्माले दुई कार्टुन मास्क लुकाएर राखेको अवस्थामा फेला परेको थियो । मास्क बरामद भए पनि सञ्चालक रामकृष्ण कँण्डेल भने पक्राउ परेका छैनन् । ति मास्क महंगोमा बेच्ने गरिएको सूचनाका आधारमा प्रशासनले छापा मारेको थियो । यस्तैं, भरतपुर पोलिक्लिनिकमा अवैध औषधी विक्री वितरण गरेको भेटिएको छ ।

औषधी व्यवस्था विभागमा दर्ता नभएका औषधी विक्री गरेको खुलेको छ । सो पोलिक्लिनिकबाट सत्कार ढकाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भैरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>