बजार

कोरोना प्रभावः सबै नाका सिल, पेट्रोलियम पदार्थ ढुवानी नरोकिने

Banner

काठमाडौं, चैत ९–

सरकारले छिमेकी मुलुक भारत र चीनको सबै नाका बन्द गरे निर्णयसंगै अब प्रश्न उठेको छ अतिआवश्यक वस्तुको ढुवानीमा के हुन्छ ?
तर सरकारले नेपाल भारत सीमा नाकामा प्रतिबन्ध लगाए पनि दैनिक उपभोग्य वस्तुको ढुवानी तथा भण्डारणमा कुनै असर नपर्ने जनाएको छ । पेट्रोलियम पदार्थको आयात तथा ढुवानी नरोकिने सरकारले स्पष्ट पारेको छ ।

सरकारको निर्णयमा मानिसहरुको आवागमनमा रोक लगाइको तर अत्यावश्यक सेवाको कारोबार पेट्रोलियम पदार्थ, ग्यास आयात तथा ढुवानी निरन्तर चालु रहने नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले विज्ञप्ति मार्फत् जानकारी दिएका छन् ।

यस्तै, निगमले आ–आफ्‍ना क्षेत्रका कार्यालय प्रमुख तथा ढुवानी व्यवसायीहरुलाई स्थानीय प्रशासन तथा भन्सारसँग समन्वय गरी पेट्रोलियम पदार्थको ढुवानी कार्य सूचारु राख्‍न समेत निर्देशन दिएको छ ।

आइतबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले सात दिनसम्मका लागि नेपाल चीन तथा भारततर्फका सिमाहरु तत्काल बन्द गर्ने निर्णय गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>