Breaking News

कञ्चनपुरमा अनिश्चितकालका लागि ‘कर्फ्यू’,नाकाबाट पैदल आउन पनि निषेध

Banner

कञ्चनपुर,चैत ९-

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाभर अनिश्चितकालका लागि ‘कर्फ्यू’ आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले कोरोना भाइरस संक्रमणको जोखिमका बेला भीड अनियन्त्रित भएकोले जिल्लाभर ‘कर्फ्यू’ आदेश जारी भएको बताए।

यद्यपि आफूहरुले कर्फ्यू शब्दको प्रयोग भने नगरेको प्रजिअ खतिवडाले बताए। ‘आइतबार राति १२ बजेपछि जिल्लाभरका बासिन्दालाई घर बाहिर ननिस्कन भनेका छौँ’, खतिवडाले भने, ‘कोरोना भाइरसको सम्भावित जोखिम कम गर्न यो निर्णय गर्नु परेको हो।’ प्रमुख जिल्ला अधिकारी खतिवडाले चैत ११ गते गड्डाचौकी नाकामा पैदल यात्रुको आवागमनमा पनि रोक लगाइएको जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>