रोचक

हङकङमा कुकुरमा पनि भेटियो कोरोना संक्रमण

Banner

एजेन्सी,चैत ८-

कोरोना भाइरसको संक्रमण कुकुरमा पनि भेटिएको छ । हङकङमा हालै गरिएको परीक्षण अनुसार एउटा घरपालुवा कुकुर संक्रमित भेटिएको हो । हङकङ आइल्याण्डस्थित पोक फु लाम क्षेत्रमा ‘जर्मन सेफर्ड’ जातको कुकुरलाई केही दिनअघि क्वारेन्टाइनमा पठाइएको थियो ।

उक्त कुकुरको मालिकलाई पनि संक्रमण भएको थियो । कोरोना भाइरस पहिचान भएको प्रारम्भिक अवस्थामा कुकुर, बिरालो जस्ता घरपालुवा जनावरमा कोरोना भाइरस नभेटिएको विश्व स्वास्थ्य संगठनले जनाएको थियो ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार हालसम्म दुई वटा कुकुरलाई संक्रमण भइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>