चितवन विशेष

चितवनको रत्ननगरबाट विप्लव समूहका विद्यार्थी नेता पक्राउ

Banner

चितवन, चैत ८–

प्रतिबन्धित नेकपा नेत्रविक्रम चन्द (विप्लव) समूहका विद्यार्थी संगठनका एक नेता पक्राउ परेका छन् । विप्लव समूहका अखिल क्रान्तिकारी रत्ननगर संयोजक २२ वर्षीय आक्रोश भनिने प्रविण आचार्यलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक शेखरकुमार शाहाले जानकारी दिए ।

उनको साथबाट विप्लव समूहका विभिन्न किसिमको प्रचा पम्पलेट, विभिन्न कार्यक्रमका तस्विरहरु, दस्ताबेजहरु फेला पारेको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शाहाले जानकारी दिए ।

यसअघि पनि विप्लव समूहका रत्ननगर संयोजक गञ्ज सिं गुरुङलाई पक्राउ गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>