Breaking News

कोरोनाले लण्डनमा एक नेपालीको मृत्यु

Banner

लण्डन,चैत ८-

कोरोना भाइरसले बेलायतमा एक पूर्व गोरखा सैनिकको मृत्यु भएको छ । संखुवासभा खांदबारी नगरपालिका १० स्थायी घर भई हाल लन्डन साउथ ह्यारोमा बस्दै आएका ६६ वर्षीय लीलाबहादुर राईको मृत्यु भएको हो । नर्थवीक पार्क अस्पतालमा मंगलबार (मार्च १७) मा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार राईलाई मंगलबार दिउँसो ४ बजेतिर उनको स्वास्थ्यमा अचानक समस्या देखिएपछि अस्पताल लगिएको थियो । सांझ ८ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । राईको निधनको तीन दिनपछि अस्पतालले परिवारलाई सम्पर्क गरेर उनको निधन कोरोना भाइरसका कारण भएको जानकारी दिएको थियो ।

हाल सुनसरीको इटहरी उपमहानगरपालिकामा बसोबास गर्दै आएका राई सन् २००८ मा बेलायत आएका थिए । उनी श्रीमती र छोराबुहारीका साथ लण्डन बसोबास गरिरहेको बताइएको छ । उनको करिब दुई दशकअघि मिर्गौला प्रत्यारोपण पनि गरिएको थियो । अहिले राईको परिवारलाई पनि ‘आइसोलेसन’ मा राखिएको छ । जसका कारण उनका आफन्त र जिल्लाबासीले परिवारसित भेट गरी सान्त्वना दिन पाएका छैनन् । संखुवासभा समाज युकेले जिल्लाबासीलाई राईको परिवार आइसोलेसनमा रहेका कारण आफ्ना सदस्यहरुलाई पारिवारिक भेटका लागि अर्को सूचना जारी गरिने जनाएको छ ।

फाइल तस्विर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>