Breaking News

कोरोनाबाट आत्तिनु पर्देन, विश्वभर ९२ हजार बढी संक्रमित निको भएर घर फर्किए

Banner

चितवन, चैत ८

विश्वव्यापी महामारी बनिरहेको कोरोनाको संक्रमणबाट बचेर ९२ हजार ९०६ जना निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरसको संक्रमणबारे विश्वव्यापी तथ्यांक अपडेट गर्ने वल्डोमिटरका अनुसार विश्वभर ९२ हजार ९०६ जना निको भएर घर फर्किएका छन् भने कोरोनाकै कारणले आजसम्म ११ हजार ५८५ जनाको मृत्यु भएको छ । विश्वभर कोरोना भाइरस संक्रमितहरुको संख्या दुई लाख ७९ हजार २६७ पुगेको छ । अहिले पनि गम्भीर अवस्था ८ हजार ४२ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ भने एक लाख ६६ हजार ७३४ बिरामीको स्वास्थ्य अवस्था मध्यमको खालको देखिन्छ ।

विगतमा चीनमा संक्रमितहरुको संख्या बढी भए पनि अहिले इटालीमा डरलाग्दोसँग कोरोनाको संक्रमण फैलिइरहेको देखिन्छ । इटालीमा मृतकको संख्या चार हजार ३२ पुगेको छ । चीनमा भने यो संख्या तीन हजार २५५ मात्र थियो । त्यसैगरी स्पेनमा एक हजार ९३, इरानमा एक हजार ५५६ र अमेरिकामा २७५ जनाले ज्यान गुमाइसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>