Breaking News

१८० भन्दा बढी मुलुकमा फैलिएको कोरोना भाइरसबारे प्रश्न गर्दा ट्रम्पले झपारे पत्रकार

Banner

वासिङ्टन, चैत ८-

विश्वका १८० भन्दा बढी मुलुकमा फैलिएको कोरोना भाइरसले विश्वभर २ लाख ७६ हजार ५३२ संक्रमित भएका छन् । मृतकको संख्या ११ हजार ४१८ पुगिसकेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसबारे प्रश्न गर्दा एनबीसी न्युजका पत्रकारलाई झपारेका छन् । शुक्रबार एनबीसीका पत्रकार पिटर अलेक्जेन्डरले अमेरिकामा कोरोना संक्रमित धेरै बढेको र मृतकको संख्या पनि बढ्दै जाँदा अमेरिकी नागरिकहरु त्रसित भएको बताएका थिए ।

उनले त्रसित अमेरिकी जनतालाई राष्ट्रपति ट्रम्पले के सन्देश दिन चाहनु हुन्छ भन्दै प्रश्न गरेका थिए । उत्तरमा ट्रम्पले उनको प्रश्न नराम्रो र अप्रिय भएको बताएका थिए । ट्रम्पले पत्रकार अलेक्जेन्डर भयानक भएको बताएका थिए ।

ट्रम्पले भनेका थिए,‘तपाइँ भ्रम फैल्याउने काम गर्दै हुनुहुन्छ । यो नराम्रो पत्रकारिता हो ।’

हालसम्म अमेरिकामा १९ हजार ७७४ कोरोनाबाट संक्रमित बनेका छन् भने २७५ को मृत्यु भइसकेको छ ।

यतिबेला अमेरिकाले १९ हजार ३५२ लाई कोरोनाको आशंकामा उपचार गरिरहेको छ । उपचारपछि १४७ जना स्वस्थ बनेको खबर छ । यस्तै कोरोनाका कराण त्यहाँ ६४ जनाको अवस्था गम्भीर बनेको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>