चितवन विशेष

कोरोना प्रभावः पटिहानीको अम्ब्रेला स्ट्रिट बन्द

Banner

चितवन, चैत ८–

पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यको रुपमा स्थापित चितवनको भरतपुर महानगरपालिका–२२ पटिहानी अवस्थित अम्ब्रेला स्ट्रिट बन्द गरिएको छ । विश्वभर माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) कारण अम्ब्रेला स्ट्रिट बन्द गरिएको हो ।

नेपाल सरकारले २५ जना भन्दा बढी भेला हुन नपाउने निर्णय गरेसंगै अम्ब्रेला स्ट्रिट बन्द गरिएको भरतपुर–२२ का वडा अध्यक्ष विष्णुराज महतोले जानकारी दिए ।

छोटो समयमै अम्ब्रेला स्ट्रिटमा आन्तरिक तथा बाह्य पर्यटकहरुको उपस्थिति उत्साहजनक देखिएता पनि कोरोना भाइरस संक्रमणको उच्च सतर्कता अपाउनु पर्ने आवश्यक देखिएको अर्को सूचना जारी नहुन्जेलसम्मका बन्द गरिएको अध्यक्ष मतोले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>