Breaking News

चितवनमा कसैलाई कोरोना आशंका छ ? विशेषज्ञ चिकित्सकसंग यी नम्बरमा सम्पर्क गर्नुहोस्

Banner

चितवन, चैत ६–

रुघा, खोकी, ज्वरो विभिन्न कारणले लाग्ने भए पनि अहिले यो लक्षण ठ्यक्याकै विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संग मिल्दो जुल्दो छ । त्यसैले धेरै नेपाली अहिले त्रसित छन् ।

तर नआत्तिनुस् यदी तपाई चितवनमा हुनुहुन्छ भने यस्तो लक्षण देखिएको खण्डमा विशेषज्ञ चिकित्सकसंग टेलिफोनमै परामर्श लिन सक्नु हुनेछ । कोरोना नियन्त्रण कार्यदल चितवनले रुघा, खोकी, ज्वरो आएमा तत्काल अस्पताल जानु अघि विशेषज्ञ चिकित्सकहरुसंग परामर्श लिने व्यवस्था मिलाएको हो । बिरामीको अबस्था अनुसार चिकित्सकहरुको परामर्शमा घरमानै बसेर औषधि प्रयोग गर्ने वा उनीहरुको सुझाब अनुसारको अस्पताल जान सकिने छ ।

जसका लागि सर्वसाधरणहरुले यी नम्बरहरुमा 9855055666, 9845051432, 9851143296, 9811862507, 9841694473, 9851005580, 9855059088, 9845197165,9855051029, 9855074656 सम्पर्क गर्नुहोस् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>