Breaking News

चितवनमा कसैलाई कोरोना आशंका छ ? विशेषज्ञ चिकित्सकसंग यी नम्बरमा सम्पर्क गर्नुहोस्

०
Banner

चितवन, चैत ६–

रुघा, खोकी, ज्वरो विभिन्न कारणले लाग्ने भए पनि अहिले यो लक्षण ठ्यक्याकै विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संग मिल्दो जुल्दो छ । त्यसैले धेरै नेपाली अहिले त्रसित छन् ।

तर नआत्तिनुस् यदी तपाई चितवनमा हुनुहुन्छ भने यस्तो लक्षण देखिएको खण्डमा विशेषज्ञ चिकित्सकसंग टेलिफोनमै परामर्श लिन सक्नु हुनेछ । कोरोना नियन्त्रण कार्यदल चितवनले रुघा, खोकी, ज्वरो आएमा तत्काल अस्पताल जानु अघि विशेषज्ञ चिकित्सकहरुसंग परामर्श लिने व्यवस्था मिलाएको हो । बिरामीको अबस्था अनुसार चिकित्सकहरुको परामर्शमा घरमानै बसेर औषधि प्रयोग गर्ने वा उनीहरुको सुझाब अनुसारको अस्पताल जान सकिने छ ।

जसका लागि सर्वसाधरणहरुले यी नम्बरहरुमा 9855055666, 9845051432, 9851143296, 9811862507, 9841694473, 9851005580, 9855059088, 9845197165,9855051029, 9855074656 सम्पर्क गर्नुहोस् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>