स्वास्थ्य

बाबुराम भट्टराईको मुटुमा समस्या, गंगालाल अस्पतालमा भर्ना

Banner

काठमाडौं, चैत ६-

पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई बुधबार राति बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका छन् ।

मुटुमा समस्या भएको महशुष भएपछि राति ७ बजे अस्पताल पुगेका भट्टराईको एन्जियोग्राफ्री लगायतको परीक्षण गरिएको छ । प्रारम्भीक सबै परीक्षण ठीकठाक देखिएपछि उनलाई आजै डिस्चार्जको तयारी भएको उनका स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिए ।

भट्टराईको अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीसहितको टोलीले उपचार गरेको थियो । उनलाई चिकित्सकहरुले मसल पेन भनेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>