Breaking News

चीनको सफलताः कोरोना भाइरसको सुरुवात भएको वुहानमा नयाँ संक्रमण शून्य

Banner

एजेन्सी,चैत ६-

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणको सुरुवात भएको चीनको वुहान शहरमा बुधबार नयाँ संक्रमित भएनन् । गएको डिसेम्बर हुबेई प्रान्तको वुहानमा पहिलोपटक कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

तर बुधबार पहिलोपटक वुहानमा नयाँ संक्रमण नपाइएको स्थानीय अधिकारीले बताएका छन् । वुहानमा बुधबार कोरोना भाइरसका कारण थप ८ जनाको ज्यान गएको छ । तर नयाँ संक्रमण देखिएको छैन । हुबेई प्रान्तमा ६७ हजार ८०० जना संक्रमण भएको छ । हुबेईको राजधानी वुहानमा संक्रमितको संख्या ५० हजार पाँच रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>