Breaking News

पाकिस्तानमा कोरोनाबाट दुईजनाको ज्यान गएको पुष्टि,२७२ जना संक्रमित

Banner

एजेन्सी चैत ६-

कोभिड १९ भनिने कोरोना भाइरसबाट पाकिस्तानमा यसअघि नै दुई जना मानिसको ज्यान गएको पुष्टि भएको छ। बुधबार बेलुकीसम्म मानवीय हताहती नभएको र २७२ जना मात्र संक्रमित रहेको तथ्यांक सार्वजनिक भएको थियो।

तर पख्तुनख्वा प्रान्तको मदरान जिल्लामा मानिसको मृत्यु भएको त्यहाँका वित्त एवं स्वास्थ्यमन्त्री तैमूर खान झगडले जानकारी दिएका छन्। इन्टरनेट सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै झगडले भाइरसका कारण मरदान जिल्लामा पहिलो र हंगु जिल्लामा दोस्रा व्यक्तिले ज्यान गुमाएको उल्लखे गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>