बजार

होसियार ! ग्यास र पेट्रोलमा कालोबजारी गर्नेलाई दुई लाख जरिवाना

Banner

काठमाडौं, चैत ५–

विश्वरभर कोरोना भाइरस (कोभिड–१९) ले आक्रन्त बनाइरहेका बेला नेपालमा भने त्यसको फाइदा उठाउँदै केही व्यवसायीहरुले कालोबजारी गर्न थाले । फलस्वरुप सरकार कडा रुपमा प्रस्तुत भएको छ ।

ग्यास र पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गर्दै कालोबजारी दुई विक्रेतालाई जनही दुई लाखका दरले जरिवाना गराएको छ ।

सत्याल एण्ड किराना पसल टिकाभैरव र मैतीदेवी पेट्रोल पम्पललाई मंगलबार जनही दुई लाखका दरले जरीवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

कुनैपनि वस्तुमा कृत्रिम अभाव सृजना गर्ने, तोकिए भन्दा अधिकतम् मूल्य लिने काम कुनै पनि व्यपारीक र्फमहरुले गरे सम्पर्क गर्न विभागले आग्रह गरेको छ । उपभोक्ताले ११३७ मा फोन गरेर विभागमा गुनासो गर्न सकिनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>