Breaking News

चितवनमा कोरोना अस्पतालको चौविसघण्टे प्रगतिः बोर्ड टाँसियो, सरसफाई गरियो

०
Banner

चितवन, चैत ५–

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई लक्षित गर्दै पूर्वतयारी स्वरुप चितवनमा ७२ घण्टा भित्रमा ७० बेडको कोरोना विशेष अस्पताल बनाउने घोषणा भयो । यो निर्णय सुन्ने सबै खुशी भए ।

अझ ७२ घण्टा समय तोकिदा सबैको चासोको विषय समेत बन्यो । तर निर्णय भएको २४ घण्टा पुग्दा समेत खासै प्रगति देखिएन । २४ घण्टाको समयमा अस्पताल निर्माणस्थल चितवन प्रदर्शनी केन्द्रको मुल गेटमा दुई वटा बोर्ड टाँस्नु बाहेक खासै काम भएको देखिदैन । प्रदर्शनी केन्द्र निर्माण पहिल्यै भइसकेकाले हल निर्माणमा समय खर्च गर्नुपर्ने अवस्था छैन । तर भएको पूर्वाधारमा पनि अन्य संरचना राख्नमा ढिलाई भइरहेको छ । यस्तो अवस्थामा ७२ घण्टा भित्रमै पूर्णरुपमा अस्पतालको संरचना आउला भन्न सक्ने अवस्था देखिदैन् ।

भरतपुर महानगरपालिकाको समन्वयमा मंगलबार बिहान बसेको सरोकारवालाको बैठकले टास्क फोर्स कमिटि गठन गर्दै ७२ घण्टा भित्रै ७० बेडको अस्थायी अस्पताल बनाउने निर्णय गरेको थियो । त्यसको चौविसघण्टामा आज विहान प्रदर्शनी केन्द्रमा सरसफाई बाहेकको प्रगति भएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>