चितवन विशेष
चितवनमा बसको ठक्करबाट स्कुटी चालक गम्भिर घाइते
०

चितवन, चैत ५–
चितवनको भित्री सडकमा बसको ठक्करबाट एक युवती गम्भिर घाइते भएकी छन् ।
आज विहान १०ः१५ बजेको समयमा भरतपुर महानगरपालिका–४ यज्ञपुरी चोकमा रामपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना ४ ख ५१४१ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको ना ३३ प २६९१ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भिर घाइते भएकी भरतपुर–८ निवासी २१ वर्षीया अलिसा पाठकको चितवन मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ ।
घाइते पाठकको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























