बजार

सरकारले भन्यो नआत्तिनुस्, सुपथ मूल्यका पसल संचालन गर्छौ

Banner

काठमाडौं, चैत ४–

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई लक्षित गरी नेपाल सरकारले सुपथ मूल्यका पसल सञ्‍चालन गर्ने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दैनिक उपभोग्य वस्तु सुपथ मूल्यमा सहजरुपमा उपलब्ध गराउन सुपथ मूल्यको पसल खोल्न लागेको जानकारी दिएका हुन् । संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा कोरोना भाइरस संक्रमणको जोखिमबारे मंगलबार भएको छलफलमा उनले यस्तो जानकारी गराएका हुन् ।

खाद्यान्‍नको सस्तो पसल निश्चित ठाउँहरुमा खोल्ने तयारी खाद्य संस्थान र साल्ट ट्रेडिङ कर्पोरेसनले गरिरहेको र मोबाइल पसलहरु पनि सञ्चालन गर्ने सरकारको तयारी रहेको मन्त्री भट्टले बताए ।

यस्तै ७७ वटै जिल्लामा गृहमन्त्रालयसँग समन्वय गरेर कालोबजारी गर्नेलाई कानुन दायरामा ल्याउने काम भइरहेको समेत जानकारी गराए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>