स्वास्थ्य

मलेसियाबाट फर्केका युवा कोरोनाको आशंकामा अस्पताल भर्ना

०
Banner

जनकपुरधाम, चैत ३–

कोरोना भाइरस संक्रमण भएको आशंकामा धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका रमदैयाका वैदेशिक रोजगारीबाट फर्केका एकजना युवा अस्पतालमा भर्ना भएका छन् ।

केही दिनदेखि रुघाखोकी, ज्वरो लागेकोले कोरोनाको आशंकामा धनुषाकै रमदैयास्थित जानकी मेडिकल शिक्षण अस्पतालमा भर्ना गरिएको जानकारी छ ।

शुक्रबार अस्पतालमा भर्ना भएका युवा केही दिन पहिले मलेसियाबाट फर्केका थिए । फर्कने समयमा त्रिभुवन विमानस्थलमा कोरोना परीक्षण गर्ने साधन नरहेकोले कोरोनाको लक्षण देखिएपछि काठमाडौँबाट आएका चिकित्सकको टोलीले उनको खकार, रगत लगायतका नमूना लिएर आज काठमाडौँ लगेको जानकारी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>