क्रिकेट

ग्लोसाइन एकेडेमीले क्रिकेट रंगशाला बनाउन दियो दुई लाख

Banner

चितवन, चैत २–

चितवनको भरतपुरमा निर्माणाधिन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि पूर्वीचितवनको खैरहनीमा रहेको ग्लोसाइन एकेडेमीले २ लाख २२ हजार २ सय २२ रुपैयाँ सहयोग गरेको छ ।

विद्यालयले आइतबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्यालयका प्रधानाध्यापक टेकराज अधिकारीले धुर्मस–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मस’लाई सो रकम हस्तान्तरण गरेका हुन् । विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारीहरुबाट सानो रकम संकलन गरेर रंगशाला निर्माणमा लागि विद्यालयको तर्फबाट सहभागीता जनाएको विद्यालयका सञ्चालक सञ्जीव न्यौपानेले जानकारी दिए ।

सो क्रममा धुर्मस–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले राष्ट्रिय गौरवको परियोजना बनाउन विद्यालयलले पनि अपनत्व लिएकोले धन्यवाद दिए । उनले तोकिएको समयमा नै रंगशाला बन्ने जानकारी दिए । क्रिकेट रंगशालाको मैदान सम्याउने काम भैरहेको छ । साथैं प्याराफिट र पिच बनाउन कामसमेत सँगसँगै भैरहेको फाउण्डेशनका अध्यक्ष कट्टेलले जानकारी दिए । फाउण्डेशनले रंगशाला निर्माणको सबै अवस्थाका बारेमा जानकारी गराउन चैत्र ९ गते सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>