Breaking News

भारतबाट फर्किएका एकजना भरतपुर अस्पतालको आइसोलेसनमा

Banner

चितवन,चैत २-

भारतबाट फर्किएका एक जनालाई कोरोना भाइरस संक्रमणको आशंकामा भरतपुर अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । उनमा कोरोना भाइरसको जस्तै लक्षण देखिएपछि अस्पतालको आइसोलेसन वार्डमा राखिएको हो । विरामीको नमुना परीक्षणका लागि आज (आइतबार) काठमाण्डौं पठाइएको छ ।

‘विरामीको अवस्था सामान्य छ,भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले भने’,रिपोर्ट भोली मात्र आउँछ ।’ यसअघि चितवनबाट तीन जनाको कोरोना परिक्षणका लागि नमूना काठमाडौं पठाइएको थियो । सबैको रिपोर्ट नेगेटिभ आएको पौडेलले बताए ।

विश्वभर कोरोनाको संक्रमण फैलिएपछि चितवनसहित देशैभर सुरक्षा सतर्कता बढाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>