Breaking News
अवैध घरेलु मदिरा सेवनले लियो १२ जनाको ज्यान, उत्पादनमा संलग्न ७ जना पक्राउ
०

जनकपुर, चैत १-
धनुषाको क्षीरेश्वनारथ नगरपालिका वडा नम्बर २ स्थित रमदैयामा अवैध घरेलु मदिराको सेवनले मर्नेहरुको संख्या १२ पुगेको छ ।
घरेलु मदिरा उत्पादन तथा बिक्री गरेको आरोपमा ७ जनालाई पक्राउ परेका छन् ।
प्रहरीका अनुसार स्थानीय रमानन्द साह, तारा पट्टीबालि भनिने छठियादेवी मण्डल, धुरण यादव, जगतकुमार यादव, शीतलदेवी यादव, महोतरी भंगहा नगरपालिका-३ का जगतनारायण मण्डल, धनुषा लक्ष्मिनियाँ गाउँपालिका-६ बगेवाका नवीन यादवलाई पक्राउ गरिएको हो ।
महोत्तरीको भंगहामा उत्पादन गरिएको मदिरा नवीनले रमदैयामा ल्याएर छठियालाई बेच्न दिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरुको संख्या बढ्न थालेपछि रमदैया गाउँ नै शोकमग्न छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























