अन्तर्राष्ट्रिय

कोरोना भाइरसको परीक्षण गराउँदै ट्रम्प,उनिसंग भेट्ने एकजनामा कोरोना संक्रमण

Banner

एजेन्सी,चैत १-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको परीक्षण आफूले गर्ने बताएका छन् । तर उनले आफूमा कोरोना भाइरसको संक्रमणपछि हुने कुनै लक्षण नदेखिएको दाबी गरेका छन् । ट्रम्पले शुक्रबार भने, ‘म यस्तो भनिरहेको छैन कि परीक्षण गराउँदैन, तर परीक्षण गराउने सम्भावना अधिक छ ।’

अमेरिकी राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति माइक पेन्ससँग केही दिन अघि भेट गरेका ब्राजिलका एक सरकारी अधिकारीमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएको थियो । ब्राजिलको सरकारले यसबारेमा पुष्टि गर्दै भनेको छ कि राष्ट्रपति जायर बोलसोनारोका प्रेस सचिव फैबिओ वाजेनगार्टन कोरोना भाइरसबाट संक्रमित छन् । उनी ट्रम्पसँगको सामूहिक तस्बिरमा समेत देखिएका छन् । त्यसपछि ट्रम्पबारे पनि कोरोना भाइरसको संक्रमण परीक्षण गराउनुपर्ने प्रश्न उठेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>