अन्तर्राष्ट्रिय
चीनले भन्योः अमेरिकी सेनाले ऊहानमा कोरोनाभाइरस ल्याएको हुनुपर्छ

काठमाडौं,फागुन ३०-
चीनले ऊहानमा कोरोनाभाइरस देखा पर्नुमा अमेरिकी सेना जिम्मेवार भएको हुनसक्ने आशंका व्यक्त गरेको छ । गत वर्ष डिसेम्बरमा चीनको ऊहानबाट सुरु भएको कोरोना भाइरस अहिलेसम्म १ सय २७ देशमा फैलिसकेको छ । विश्व स्वास्थ्य संगठनले यसलाई महामारीको संज्ञा दिइसकेको छ ।
तर कोरोना भाइरस चीनको ऊहानमा नै उत्पत्ति भएको कुरामा त्यहाँका विशिष्ठ व्यक्तित्व विश्वस्त हुन सकेका छैनन् । हालै चीनको विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकी सेनाका कारण कोरोना भाइरस ऊहानसम्म आइपुगेको बताएका छन् ।
प्रवक्ता जाओ लिजियानले अंग्रेजीमा ट्वीट गर्दै लेखे, ‘अमेरिकामा कोरोना भाइरसको पहिलो संक्रमित कहिले भेटियो ? कतिजना संक्रमित भए ?अस्पतालका नाम के हुन् ?
झाओले उक्त महामारी ऊहानसम्म ल्याइपुर्याउन अमेरिकी सैनिकको भूमिका हुनसक्ने अनुमान गरेका छन् । ‘पारदर्शी हुनुहोस् ! आफ्नो तथ्याङ्क सार्वजनिक गर्नुहोस् ! अमेरिका, हामीलाई विस्तृत विवरण चाहियो,’ उनले लेखे ।
केही दिन अघि दक्षिण अफ्रिकाका लागि चिनियाँ राजदूतले पनि कोरोना भाइरस चीनबाटै उत्पत्ति भएको नहुनसक्ने सम्भावना व्यक्त गरेका थिए ।
स्रोत- फक्स न्युज
























