स्वास्थ्य
नेपालसंग सिमा जोडिएको भारतको उत्तर प्रदेशमा कोरोनाको संक्रमण देखियो, नेपालको सीमावर्ती क्षेत्रमा कडाइ
०

काठमाडौँ, फागुन २९-
भारतको उत्तर प्रदेशस्थित लखनउमा पनि कोरोना भाइरसको संक्रमण देखिएसँगै नेपाल–भारत सीमामा कडाई गरिएको छ । क्यानडाबाट लखनउ आएकी एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै सीमामा आवतजावत गर्नेमा भारत सरकारले कडाइ गरेको हो ।
सीमा नाकामा हाल हेल्थ डेस्क राखेर भारतले चेकिङ गरिरहेको छ भने सामान्य ज्वारो आएकामाथि पनि परीक्षण सुरु गरेको छ । यसैबीच, भारत सरकारले अन्य मुलुकलाई भारत प्रवेशमा कडाई गरिरहँदा नेपालसँग सीमा जोडिएको क्षेत्रलाई लिएर भने नयाँ निर्णय गर्ने बुझिएको छ । उत्तर प्रदेशमा नै देखिएपछि अहिले सीमाबाट थप संक्रमण फैलन सक्ने भन्दै भारतको स्वास्थ्य मन्त्रालयमा छलफल सुरु भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























