अर्थ

तोलामा ८ सयले घट्यो सुनको मूल्य

Banner

चितवन, फागुन २९-

नेपाली बजारमा आज बिहीबार सुनमा एकै दिन ८०० ले गिरावट आएको छ । साप्ताहिक कारोबारको पाँचौ दिन आज (विहिबार) सुनको मूल्य केही ओरालो लागेको हो ।

बुधबार ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य प्रतितोला ८१ हजार ५ सय कायम भएको हो । यस्तै, तेजाबी सुन प्रतितोला ८१ हजार २ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

चाँदी भने बुधवारको तुलनामा २० रुपैयाँले घटेर प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेकाे महासंघले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>