स्वास्थ्य
कोरोना प्रभावः कुवेतको हवाई सेवा बन्द, कामदारलाई २ साता छुट्टी
०

काठमाडौं,फागुन २९-
कुवेत सरकारले सबै व्यावसायिक हवाई उडान बन्द गरेको छ । कर्मचारीहरूलाई पनि दुई साता बिदा दिइएको छ । विश्वव्यापी रूप लिइरहेको कोरोना भाइरस नियन्त्रण अभियानअन्तर्गत शुक्रबारदेखि लागू हुनेगरी व्यावसायिक हवाई सेवा बन्द गरिएको हो । कुवेत सरकारका अनुसार, कुवेत सिटी अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै व्यावसायिक उडान भोलिबाट बन्द रहनेछन् ।
यद्यपि, कार्गो सेवासँगै विदेशबाट नागरिक उद्धार गर्ने विमान भने यो निर्णयबाट प्रभावित नहुने त्यहाँका सरकारी प्रवक्ताले जनाएका छन् । व्यावसायिक उडान बन्द गर्ने निर्णय कहिलेसम्मका लागि हो भन्नेबारे भने कुवेत सरकारले केही खुलाएको छैन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























