चितवन विशेष

चितवनका ५८ हजार बढी बालबालिकालाई दादुराको खोप लगाइँदै

Banner

चितवन, फागुन २८-

चितवनमा नौ महिनादेखि पाँच वर्षमूनिका बालबालिकालाई दादुरा–रुवेलाबिरुद्धको खोप लगाइने भएको छ ।

दादुरा खोप अभियान–२०७६\७७ सञ्चालनसम्बन्धी खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालासँग अन्तरक्रिया कार्यक्रममा सो जानकारी गराइएको हो । यसका लागि आगामी चैत २ गतेदेखि १८ गतेसम्म जिल्लाको एक महानगर, एक गाउँपालिका र चार नगरपालिकामा खोप अभियान सञ्चालन हुनेछ । अभियानमा ५६८ खोप केन्द्र र एक हजार १३६ संख्यामा स्वयमंसेवक परिचालन हुनेछन् । खोप अभियानअन्र्तगत चितवनमा करिब ५८ हजार ९८३ बालबालिकालाई दादुरा –रुवेलाविरुद्धको खोप लगाउने लक्ष्य लिएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपकप्रसाद तिवारीले जानकारी दिए ।

आगामी चैत २ गतेदेखि ७ गतेसम्म पहिलो चरणमा भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, कालिका नगरपालिका,माडी नगरपालिका, ईच्छाकामना गाउँपालिकामा सन्चालन गरिनेछ । त्यस्तै चैत १० देखि १४ खैरहनी नगरपालिका र राप्ती नगरपालिकामा चैत १० देखि १८ गतेसम्म सञ्चालन हुनेछ । रुवेला–खोपका जानकारीको लागि स्थानीय तहसँग सहकार्य गरेर अभिभावकको घरघरमा निमन्त्रण कार्ड पनि पठाइएको प्रमुख तिवारीले जानकारी दिए ।

जिल्लामा २०१७ \२०१८ मा दादुरा रुबेलाका केस शून्य , २०१९मा १९ वटा केस र २०२० मा चारवटा केस पत्ता लागेको स्वास्थ्य कार्यलयले जनाएको छ । स्वास्थ्य कार्यलय चितवनका खोप अधिकृत अमृत महर्जनले , दादुरा–रुवेलाविरुद्धको खोप लगाउन कुनै पनि बालबालिका नछुटुन् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन हुने भएकाले सबैले सहयोग गर्नुपर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>