स्वास्थ्य
३ जना नेपालीमा देखियो कोरोना भाइरस
०

काठमाडौं, फागुन २७-
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वका १ सय ७ भन्दा बढी मुलुकहरुमा फैलिसकेको छ भने ३ हजार ८ सय ८३ जनाको मृत्यु भैसकेको छ । विश्वभर १ लाख ११ हजार ४ सय ८९ जना सो भाइरसबाट संक्रमित भएका छन् ।
ठुलो संख्यामा नेपालीहरु भएको यूएईमा २ जना नेपालीलाई कोरोना भाइरसको संक्रमण भेटिएको छ । यस अघि अष्ट्रलिया अध्यनका लागि गएका एक नेपालीमाथि कोरोना भाइरस भेटिएको छ । यो सँगै संक्रमित नेपालीहरुको संख्या ३ भएको छ । यूएईमा कोरोना संक्रमितहरुको संख्या ५९ जना पुगेको छ ।
सोमबार भेटिएका नयाँ संक्रमितहरुमा ४ जना यूएईका नागरिक, ३ जना इटालियन, २ जना नेपाली, २ जना बंगलादेशी, १ जना रसियन, १ जना भारतीय र १ जना सिरियाली रहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























